इम्युनिटी पावर बढाउन सजिउन (फाइदा सहित) « Khabarhub

इम्युनिटी पावर बढाउन सजिउन (फाइदा सहित)


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमणबाट बच्नका लागि मास्क तथा सामाजिक दूरी त अनिवार्य हुँदै हो, शरीरको रोग प्रतिरोधी क्षमता अर्थात इम्युनिटी पनि बलियो हुनु जरूरी छ ।

इम्युनिटी बढाउन सजिउन उपयुक्त तरकारी मानिन्छ । यसलाई नियमित खाँदा शरीरको इम्युनिटी बढ्छ । ​

अध्ययनहरूमा देखिएअनुसार, सजिउनमा सुन्तलाभन्दा सात गुणा बढी भिटामिन, दूधभन्दा तीनगुणा बढी क्याल्सियम र अण्डाभन्दा ३६ गुणा बढी म्याग्नेसियम हुन्छ ।

अनि पालुंगोभन्दा २४ गुणा बढी आइरन र केराभन्दा तीनगुणा बढी पोटेसियम पनि यसमा पाइन्छ । यसलाई तरकारी र अचार दुवै रूपमा खान मिल्छ ।

यसमा कार्बोहाइड्रेट, प्रोटीन, क्याल्सियम, पोटेसियम, आइरन, म्याग्नेसियम, भिटामिन ए, सी र बी कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ ।

सजिउन पेटका लागि आयुर्वेदिक औषधि नै मानिन्छ । हैजा, पखाला, जन्डिस लगायतका रोग लाग्दा सजिउनको पातको ताजा रस, एक चम्चा मह र नरिवल पानी मिसाएर पिउँदा आराम हुन्छ ।

सजिउनको पातको धूलो मुटुरोगीहरूका लागि लाभदायक हुन्छ र यसले क्यान्सर लाग्न पनि दिँदैन । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ ।

यसले रक्ताल्पता पनि हुन दिँदैन र बालबालिकालाई कुपोषण हुन पनि दिँदैन ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  २ : ५५ बजे

अरुण कोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर