भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघ्यो « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघ्यो


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ ।

शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७३ लाख ७२ हजार ३९४ पुगेको छ ।

यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १२ हजार २१४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ६० हजार ४३९ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८३५ जनाको मृत्यु भएको छ । भारतमा गत सेप्टेम्बर २८ बाट अक्टोबर १० सम्म अर्थात १३ दिनमा कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।

अझै पनि भारतभरी ८ लाख ७ हजार १२६ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ५३ हजार ५४ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड २२ लाख ५४ हजार ९२७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९२ लाख ५२ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९४ लाख २२ हजार ४११ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।

सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६३ लाख १ हजार ९२७ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ५९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको