सर्लाही घटनाको विषयमा कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग « Khabarhub

सर्लाही घटनाको विषयमा कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने भन्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शुक्रबार पनि प्रदर्शन गरेका छन् ।

गएको असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइते भई वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।

कांग्रेस नेताहरुले पार्टीमा प्रवेश नगरेको निहुँमा ने.क.पा.का कार्यकर्ताले रामको हत्या गरेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् । हत्यामा संलग्न ने.क.पा. कार्यकर्तालाई पक्राउ गर्न, मृतकलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन माग राख्दै प्रदर्शन गरेको नेपाली काँग्रेसका संघिय सांसद डा.अमरेशकुमार सिंहले बताए ।

उनले भने, ‘ने.क.पा. कार्यकर्ताले नै उनको हत्या गरेको हो, यसरी राजनीतिक आस्थाकै आधारमा हत्या गरिनु लोकतन्त्रमाथिकै उपहास हो, जबसम्म दोषीलाई कारवाही हुँदैन तबसम्म हाम्रो प्रदर्शन जारी रहन्छ ।’

मृतकको परिवार तथा आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकले जाहेरी लिन नमानेको उनले बताए । पीडितलाई न्यायका लागि कांग्रेसले दबाबमुलक विरोध कार्यक्रम गर्दा बल प्रयोग गरी प्रतिनिधिसभा र प्रदेश सभाका सांसदलाई दुर्व्यवहार गरिएको उनले आरोप लगाए ।

डीआइजी सिंह भन्छन्– घटनाको अनुसन्धान हुँदै छ

प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले दुइपक्षबिच ढुंगा हानाहान चल्दा ढुंगाले लागि उनको मृत्यु भएको स्वीकारे ।

डीआइजी सिंहले खबरहबसँग भने, ‘सुरुमा केटाकेटीबिच ढुंगा हानाहान भएको थियो, पछि ठूला मान्छे पनि मिसिए । त्यही क्रममा ढुंगा लागेर घाईते बनेका रामको उपचारको क्रममा मृत्यु भएको हो ।’

सिंहका अनुसार अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको छ । उनले भने, ‘अहिले हामीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छौं, अनुसन्धान सकिएपछि घटनामा संलग्न दोषीलाई कारबाही गर्छौं ।’

छानबिन गर्न संसदीय समिति बनाउन माग

यस अघि कांग्रेसका सांसदले सर्लाहीमा कुटपिट गरी दलितको हत्या भएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग समेत गरेका छन् ।

प्रदेशसभाको बिहीबारको बैठकमा कांग्रेसले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि मृत्युको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।

कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले निर्घात कुटपिटबाट दलितको मृत्यु भएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता नगरेको भन्दै न्यायिक समिति गठन गर्न संग माग गरे ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : १४ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री