बेरोजगारलाई यसरी दिँदैछ काठमाडौँ महानगरले रोजगारी (कार्यविधिसहित) « Khabarhub

बेरोजगारलाई यसरी दिँदैछ काठमाडौँ महानगरले रोजगारी (कार्यविधिसहित)

अशक्तलाई खानाको प्रबन्ध



काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन तयारी थालेको छ ।

‘जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७’ जारी गरिएसँगै महानगरले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने तयारी गरेको हो ।

महानगर क्षेत्रमा बसोबास गर्नेहरूले रोजगारीका लागि वडा कार्यालयहरूमा सम्पर्क राख्नु पर्नेछ ।

कोभिड-१९ का कारण रोजगारी गुमाएकाहरू महानगरले दिने रोजगारीको मापदण्डमा पर्नेछन् ।

श्रममा आधरित रोजगारी दिने सम्बन्धी सूचना प्रकाशन गर्दै महानगरले काम गर्न इच्छुक रोजगारी गुमाएकाहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न गत शुक्रवार नै आह्वान गरिसकेको छ ।

सोहीअनुरुप हालसालै महानगरले रोजगारीसम्बन्धी फारम आफ्नो वेभसाइटमा राखेको छ । रोजगारीका लागि केही शर्तहरु  छन् । फारममा रोजगारी गुमेको प्रमाणित गर्नुपर्ने, दर्ता फारम भर्नुपर्ने र यसअघि काम गरेको सबै विवरण खुलाउनु पर्नेछ ।

भाडामा बसेको हो भने घरधनीको नाम, सम्पर्क नम्बर, आश्रित परिवारको संख्या र परिवारको नाम उल्लेख गर्नुपर्नेछ ।

महानगरका शहरी सुव्यवस्था विभागका प्रमुख हरि बहादुर कुँवरका अनुसार जीवन निर्वाहका लागि काम क्षमताअनुरुप प्रतिव्यक्ति हप्ताको दुई दिन काम दिइनेछ ।

‘कामका लागि कतिले फारम भर्छन् त्यही अनुसार काम दिइन्छ । यति जनालाई नै काम दिन्छौं भनेर अहिले नै भन्न सक्ने अवस्था छैन,’ उनले भने । श्रम गरेबापत सरकारले तोकेको दर रेट अनुसारको  पारिश्रमिक दिइने उनले बताए ।

यी हुन् रोजगारी पाइने क्षेत्र

महानगरले रोजगारीका लागि क्षेत्रहरु पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण, सार्वजनिक पार्क संरक्षण र हरियाली विकास, स्वास्थ्य, सरसफाई तथा फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम दिइने महानगरले जनाएको छ ।

यस बाहेक महानगरपालिका वा वडाले अन्य कार्यक्षेत्रहरु समेत तोक्न सक्ने जनाइएको छ ।

यस्तो छ कार्यविधि

-महानगरपालिका वा वडाले कार्यविधि बमोजिम जीवन निर्वाहका लागि पारिश्रमिक प्राप्त गर्न आवश्यक भएका प्रति परिवार एक व्यक्तिलाई हप्तामा दुई दिन काममा परिचालन गर्ने ।

-सर्वसाधरणको क्षमता र दक्षताका आधारमा सामाजिक दूरीसहित दैनिक ८ घण्टा काममा लगाइने ।

-वडाका इन्जिनियर, सचिव तथा वडाअध्यक्षले हाजिर प्रमाणित गर्नुपर्ने तत्पश्चात मात्र पारिश्रमिक उपलब्ध गराउने ।

-एउटा वडामा काम गरिसकेपछि अर्को वडामा काम गर्न नपाउने गरी अर्थात् दाहोरो पर्ने गरी काममा नलगाइने ।

– महानगर र वडा कार्यलय अन्तर्गतको प्रशासनिक इकाइले कामको अनुगमन र मुल्याङ्कन तथा सुपरिवेक्षण गर्नुपर्ने ।

अशक्तलाई खानाको प्रबन्ध

महानगरपालिकाले सूचनामा काम गर्न नसक्नेलाई खानाको प्रबन्ध पनि गरिएको जनाएको छ ।

यसका लागि विभिन्न मानव सेवा आश्रम वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानगरपालिका क्षेत्रभित्रका असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरूलाई मानव सेवा आश्रममा खाना, बस्न तथा स्वास्थ्य उपचार  सुविधा उपलब्ध भएको महानगरले जनाएको छ ।

खुलामञ्चमा खाना खुवाउन बन्द

कोभिड-१९ को संक्रमण फैलिन नदिन गत चैत्र महिनाबाट देशभर लकडाउन भयो । धेरै मानिसहरु बेरोजगार बन्न पुगे । दैनिक ज्याला मजदुरी गर्नेहरु सडकमै बस्न थाले ।

यससँगै विभिन्न संघ संस्थाहरुले सहकार्य गरेर काठमाडौंको खुला क्षेत्र अर्थात् खुलामञ्चमा निःशुल्क भोजन सेवाको सुरुवात गरेका थिए । तर, अब मंगलबारबाट खुलामञ्चमा खाना खुवाए कारबाही गर्ने महानगरले जनाएको छ ।

सार्वजनिक यातायात बन्द भएको अवस्थामा खुलामञ्चमा खाना दिए पनि यातायात सञ्चालन भएपछि त्यसरी खाना खुवाउदा भीडभाड भएको तथा शहरी सुन्दरता बिग्रिएको भन्दै वैकल्पिक व्यवस्था गरिएको महानगरले जनाएको छ ।

वैकल्पिक व्यवस्थाका रुपमा महानगरका विभिन्न वडा र पशुपती लगायतका स्थानमा खाना खुवाउने तयारी रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १२ : ४५ बजे

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

दुबई- युनाइटेड अरब एमिरेट्समा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा