रूस र उत्तर कोरियाका ह्याकरको निशानामा कोरोनाको खोप उत्पादक कम्पनी « Khabarhub

रूस र उत्तर कोरियाका ह्याकरको निशानामा कोरोनाको खोप उत्पादक कम्पनी


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरूद्धको खोप बनाइरहेका कम्पनीहरू रुस र उत्तर कोरियाली ह्याकरको निशानामा परेको प्रविधि कम्पनी माइक्रोसफ्टले दाबी गरेको छ ।

‘फ्यान्सी बियर’ रुसी समूह तथा उत्तर कोरियाली ‘जिन्क’ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएको माइक्रोसफ्टको दाबी छ ।

यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो।

ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेको बताइएकोमा  रुसले त्यसको खण्डन गरेको थियो ।

माइक्रोसफ्टका अनुसार थुप्रै औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणाली तोड्न प्रयासहरू भएका छन्।

निशानामा पारिएका खोपका अनुसन्धानहरू क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकाको रहेको बीबीसीले जनाएको छ ।

‘रुसी समूहले दशौँ लाख पासवर्ड प्रयोग गरेर प्रणालीमा प्रवेश गर्ने ‘ब्रुट फोर्स’ उपाय अपनाएको छ,’ माइक्रोसफ्टले भनेको छ ।

एउटा उत्तर कोरियाली समूहले त विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको प्रतिनिधि भन्दै इमेल पठाएर पासवर्ड फुत्काउने प्रयास गरेको बताइएको छ।

यसबारे राष्ट्रसङ्घमा रहेका उत्तर कोरियाली प्रतिनिधिले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। तर, वाशिङ्टनस्थित रुसी दूतावासले भने त्यस्तो दाबीको अझै पनि खण्डन गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : ३५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग