रूस र उत्तर कोरियाका ह्याकरको निशानामा कोरोनाको खोप उत्पादक कम्पनी | Khabarhub Khabarhub

रूस र उत्तर कोरियाका ह्याकरको निशानामा कोरोनाको खोप उत्पादक कम्पनी


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरूद्धको खोप बनाइरहेका कम्पनीहरू रुस र उत्तर कोरियाली ह्याकरको निशानामा परेको प्रविधि कम्पनी माइक्रोसफ्टले दाबी गरेको छ ।

‘फ्यान्सी बियर’ रुसी समूह तथा उत्तर कोरियाली ‘जिन्क’ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएको माइक्रोसफ्टको दाबी छ ।

यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो।

ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेको बताइएकोमा  रुसले त्यसको खण्डन गरेको थियो ।

माइक्रोसफ्टका अनुसार थुप्रै औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणाली तोड्न प्रयासहरू भएका छन्।

निशानामा पारिएका खोपका अनुसन्धानहरू क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकाको रहेको बीबीसीले जनाएको छ ।

‘रुसी समूहले दशौँ लाख पासवर्ड प्रयोग गरेर प्रणालीमा प्रवेश गर्ने ‘ब्रुट फोर्स’ उपाय अपनाएको छ,’ माइक्रोसफ्टले भनेको छ ।

एउटा उत्तर कोरियाली समूहले त विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको प्रतिनिधि भन्दै इमेल पठाएर पासवर्ड फुत्काउने प्रयास गरेको बताइएको छ।

यसबारे राष्ट्रसङ्घमा रहेका उत्तर कोरियाली प्रतिनिधिले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। तर, वाशिङ्टनस्थित रुसी दूतावासले भने त्यस्तो दाबीको अझै पनि खण्डन गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : ३५ बजे

अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह

गण्डकी– अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले

संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र

विहार चुनाव : नेपाल-भारत सीमानाकामा आवागमन बन्द

काठमाडौं– भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट

निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय