अमेरिकामा थप १ लाख ३८ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा थप १ लाख ३८ हजारमा संक्रमण


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

त्यहाँ १५ दिनयता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन ।

शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज सोमबार पनि १ लाख ३८ हजार २४९ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १३ लाख ६६ हजार ३७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६९ लाख ३५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४१ लाख ७८ हजार ९१७ जनामध्ये २० हजार ७०३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ५७९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ८३२ पुगेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ११ : ०५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने