घरगोठ जल्दा १० लाखको क्षति « Khabarhub

घरगोठ जल्दा १० लाखको क्षति


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ ।

पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् ।

ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् । केही नगद र गरगहनासमेत जलेको पीडित सर्कीनीले बताइन् ।

साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

गोठमा रहेका पशु चौपायलाई समेत दाम्लो काटेर जोगाइएको स्थानीय बबिन शर्माले बताए । उनका अनुसार घरगोठ जल्दा करिब रु १० लाखको क्षति भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ११ : ५७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष