नेपाल–भारत सीमा नाका खोल्न माग « Khabarhub

नेपाल–भारत सीमा नाका खोल्न माग


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा – नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

आज जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले भोलिदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्सिर २ र ३ गते ११ बजेदेखि १ बजे सम्म धर्नामा बस्ने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, सङ्घीय सभा, प्रदेशसभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

धर्नापश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाका मङ्सिर १ गतेदेखि खुल्ने आशमा रहेका जनता कात्तिक ३० गते सरकारले थप एक महिना बन्द गर्ने निर्णय गरेपछि आक्रोसित बनेका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ४ : ३० बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व