कलाकारको भाइटीका (तस्वीरहरू) | Khabarhub Khabarhub

कलाकारको भाइटीका (तस्वीरहरू)


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसवर्षको दिपावलीमा पहिलेका वर्षमा जस्तो उल्लास छैन । कोरोना भाइरसले निम्त्याएको महामारीले नेपाललाई प्रभाव नपाने कुरै भएन ।

कोरोना भाइरसका कारण आम मान्छेको दैनिकीमा परिवर्तन आएको छ । मान्छेहरु सार्वजनिक रुपमा कम भेला भइरहेका छन् । चाडबाडमा पनि सीमित आफन्त र परिवार मात्र भेट भइरहेका छन् ।

कलाकार केदार घिमिरेको तिहार ।

दिपावलीमा यसवर्ष पहिलेका वर्षमा जस्तो रौनक छैन । यसवर्ष कोरोना महामारी फैलन सक्ने भन्दै सरकारले नै सार्वजनिक रुपमा भेला नहुन आह्वान गर्दै आएको छ ।

कोरोना प्रभावले कलाकारले परिवार मात्र भेला भएर भाइटीका मनाएका छन् ।

कलाकार दीपकराज गिरीको तिहार ।

कोरोना महामारीका कारण कतै पनि देउसी खेलिएका छैनन् ।

कलाकार दीपाश्री निरौलाको परिवार ।

लक्ष्मी पूजामा पूजा गर्दा देउसी नसुन्दा खल्लो लागेको बताउँदै कलाकार तथा निर्माता दीपकराज गिरी भन्छन् – पोहोर पूजा गर्दै गर्दा भैलिनी आइन् आँगन भन्दै गाउँथे, छुट्टै रमाइलो हुन्थ्यो, यसपटक पूजा त भयो, तर आँगन शून्य भयो ।’

उनी आशा गर्छन्, अर्को वर्ष घरको आँगनमा पुरानो रौनकता फर्कनेछ ।

कलाकार पुष्प खड्का आफ्नी बहिनीका साथ ।

हुन पनि यसपटक कतै पनि देउसीका स्वरहरु सुनिएका छैनन् । कतिपय कलाकार त आफै पनि जम्मा भएर तिहारमा देउसी खेल्ने गर्थे । तर, यसपटक माहोल पूरै फेरिएको छ । घरमै परिवारका साथ रहेर तिहार मनाउनुपरेको छ ।

अझ कति कलाकारलाई त यसपटक कोरोना महामारीसँग जुध्नु परेको छ । हास्यकलाकार मनोज गजुरेल आजै (आइतवार) अस्पतालबाट डिस्चार्ज भएका छन् । मनोज गजुरेल तिहारको शुभकामना दिँदै भन्छन् – एघार दिनको अस्पताल बसाइपश्चात घर फर्किएर आराम गरिरहेको छु ।

कलाकार दुर्गेश थापा र पल शाह ।

कोरोना संक्रमणबाट यसअघि कलाकार हरिवंश आचार्य, विजय लामा, ऋचा शर्मा लगायत निको भइसकेका छन् ।

केकी अधिकारीले यो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

नायिका रेखा थापा तिहारमा बालिने दीपलाई चेतनाका प्रतीकका रुपमा ब्याख्या गर्छिन् । उनी तिहारलाई उज्यालोको पर्व भन्न रुचाउँछिन् ।

‘चेनाको प्रतीक दीप हुन्छ, शान्तिको प्रतीका दीप हुन्छ, खुशी र उल्लासको प्रतीक दीप हुन्छ, समृद्धि र सौभाग्यको प्रतीक दीप हुन्छ,’ रेखा भन्छिन्, ‘त्यसैले सबै परम्परामा दीप कहिल्यै निभ्दैन, अनिश्चितता र अन्यौलताबीच पनि हामी उज्यालोतर्फ जान सकौं र आफूले सक्ने प्रकाश फैलाउन सकौं ।’

जीतु नेपालको परिवार ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ३ : ५३ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने