प्रहरीको कारवाहीबाट भागे चन्द समूहका कार्यकर्ता | Khabarhub Khabarhub

प्रहरीको कारवाहीबाट भागे चन्द समूहका कार्यकर्ता


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का – सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् ।

बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।

प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको उनले बताए ।

प्रहरी परिचालन

त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् । घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : ४१ बजे

६ किलोग्राम चरेशसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

काठमाडौं – रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ ।

तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं – विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै