बेलायती प्रधानमन्त्री जोनसन पुनः ‘आइसोलेसन’मा « Khabarhub

बेलायती प्रधानमन्त्री जोनसन पुनः ‘आइसोलेसन’मा


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन् ।

संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले उनी सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनी सेल्फ आइसोलेसनमा भएपनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने उनले आइसोलेसनबाटै गर्ने जनाइएको छ ।

“प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, उनलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन, उनलाई कोरोनाको संकेत पनि देखिएको छैन,” उनका प्रवक्ताले भने ।

प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए । उनलाई गत अप्रिलमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

उनलाई एनएचएसले परिक्षण र हेरचाह गर्ने, उनले अवस्थाका बारेमा निरन्तर निगरानी गर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार प्रधानमन्त्री जोनसोन झण्डै दश दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने र यही नोभेम्बर २६ पछि मात्रै उनी बाहिर निस्कन सक्ने सम्भावना रहेको छ ।

अहिले सङ्क्रमित भएका सांसदसँग प्रधानमन्त्री जोनसोनले झण्डै ३५ मिनेट बैठक गरेका थिए । सो बैठकमा अन्य केही सांसदहरू पनि सहभागी भएका थिए ।

अरु सांसदहरुले पनि आफुहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएर आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ७ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया