अमेरिकी कम्पनी ‘मोडेर्ना’को कोरोना खोप करीब ९५ प्रतिशत प्रभावकारी « Khabarhub

अमेरिकी कम्पनी ‘मोडेर्ना’को कोरोना खोप करीब ९५ प्रतिशत प्रभावकारी


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको हो ।

यसअघि जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको बताइएको थियो । उक्त  खोप सन् २०२१ सम्म सबैका लागि उपलब्ध हुने पनि बताइएको थियो ।

यी खोप विकासको समाचारले महामारीविरूद्ध लड्ने आत्मविश्वास बढेर गएको बताइएको छ ।

मोडेर्नाको खोप विभिन्न चरण र प्रक्रियाअनुसार अमेरिकाका ३० हजार मान्छेमा परीक्षण  गरिएको बीबीसीले जनाएको छ ।

‘हामीले गरेका चरणबद्ध परीक्षणका आधारमा यो खोपको प्रभावकारिता धेरै राम्रो पाएका छौं,’ मोडेर्नाका प्रमुख मेडिकल अफिसर टल जाक्सका भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

कम्पनीले खोप प्रयोगको अनुमति पाएपछि सबभन्दा पहिले अमेरिकाका लागि २ करोड खोप उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार यो खोप कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा देशअनुसार फरक पर्नेछ ।

यसपछि आगामी वर्षसम्म संसारभरका देशका लागि करिब १ अर्ब खोप बनाउने पनि मोडेर्नाले जनाएको छ । आफ्नो खोप प्रयोगका लागि अनुमति दिन अरू देशसँग पनि सम्झौता गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना