चिसोमा दम रोगीले ध्यान दिनै पर्ने ७ टिप्स « Khabarhub

चिसोमा दम रोगीले ध्यान दिनै पर्ने ७ टिप्स


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम दम रोगका बिरामीकालागी अत्यन्त कष्टकर रहने गर्दछ । चिसोमा दमले अन्य समयको तुलनामा बढि च्याप्ने गर्दछ ।

चिसोमा स्वास नली खुम्चिनुका साथै कफको उत्पादन बढाउँछ । यसबाहेक धुवाँ र वातावरणमा मिसिएका तत्व माथि पुग्न नसकेर वायुमै तैरिने गर्छ । परिणामस्वरुप, चिसोमा आस्थमाको समस्या बढ्ने गर्छ । तसर्थ यसका रोगीले चिसोमा सर्तक हुन जरुरी छ । चिसोमा दम रोगीले के के कुराको ख्याल राख्ने त ?

१. चिसोमा दमका रोगीले बाहिरबाट घर आउँदा पहिले हातखुट्टा राम्ररी धुनुपर्दछ । अन्यथा हातखुट्टामा टासिएको धुलोका कण तथा भाइरस स्वास नली वा मुखसम्म सजिलै पुग्दछ ।

२. दम रोगीले जाडोमा अनिवार्य न्यानो कपडा लगाउनु पर्छ । तर एसीमा लामो समय बस्नु राम्रो हुदैन ।

३. जाडोमा आगो ताप्न मज्जा हुन्छ तर दमका रोगीले आगोमा बस्नु हानीकारक हुनसक्छ ।

४. चिसोमा दम रोगीले खानपानमा विशेष ध्यान दिनुपर्छ । तातो तरल पदार्थ, कम वोसोयुक्त खानेकुरा, ताजा फलफुल तथा हरियो साजसब्जी अमिलो वा कागती खानाले आस्थमाको समस्या बढ्दैन । तर अमिलोको एलर्जी भएकाले भने खानु हुदैन ।

५. दम रोगीले घरबाट निस्कदा मास्कको प्रयोग गर्नुपर्छ ।

६. विहानको मर्निङ्ग वाक गर्नेहरुले घाम लागेपछि मात्र गर्नुपर्छ किनकी प्रदुषणका कारण रातको समयमा वायुमा जम्मा भएको धुवा विहानीपख तुवालोमा परिणत हुन्छ ।

७. राती सुत्नु अघि दम रोगीले स्टिम लिएमा फोक्सोमा जमेको दिनभरको फोहर बाहिर निस्कने गर्दछ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा