दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति « Khabarhub

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् ।

पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ । दूध बिक्न छाडेपछि विशेषगरी व्यावसायिकरूपमा गाईपालनमा लागेका किसानलाई समस्या भएको छ । एकातिर किसानले उत्पादन गरेको दूध खेर गइरहेको छ भने अर्कातिर पारिवारिक खर्च टार्न धौधौ भएको छ ।

दूध बेचेरै परिवार चलाउने किसानलाई अब गुजारा गर्न गाह्रो भएको छ । “दुई वटा गाईको झण्डै १५ लिटर दूध बेच्थेँ । अहिले दूध नबिक्दा समस्या भएको छ”, सन्दकपुर गाउँपालिकाका किसान बालकृष्ण खनालले भने । खनालको मुख्य आर्थिक स्रोत नै दूध थियो तर दूधै नबिक्दा समेत समस्या हुने उनको भनाइ छ ।

विराटनगर आयोजनाले दैनिक सरदर ३० हजार लिटर दूध खरिद गर्छ । त्यसको ७५ प्रतिशतभन्दा बढी इलामबाट आपूर्ति हुने गरेको छ । आयोजनाले रसायनको अभाव देखाएर दूध खरिद नगर्दा इलामको किसानले मात्रै दैनिक रु १३ लाखभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष हेमराज कट्टेल बताउँछन् ।

पूर्वको धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीबाट पनि आयोजनाले दूध खरिद गर्दै आएको छ । एक हप्तादेखि आयोजना बन्द गरिएकाले पूर्वका किसानले एक करोडभन्दा बढी नोक्सानी खेप्नुपरिरहेको छ । आयोजना कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ ।

आयोजनाले यसपटक रसायन अभाव देखाएर दूध खरिद नगरे पनि यसअघि पनि विभिन्न वहानामा अघोषित ‘मिल्क होलिडे’ गर्दै आएको सङ्घका अध्यक्ष कट्टेलले बताए । दूध बिक्री नभएपछि पोखाउनुको विकल्प नरहेको उनले बताए ।

आयोजनाले भने भारतबाट ल्याउनु पर्ने रसायन भन्सारमै अड्किएकाले पाउडर बनाउन नसकिनाले दूध खरिद नगरेको जनाएको छ । आपूर्तिकर्ताले भन्सारमै रसायन अड्किएको भनेर नल्यादिएकाले दूध प्रशोधन गर्न नसकिएको विराटनगर दूग्ध वितरण आयोजनाका सहायक प्रबन्धक महेन्द्र रायले बताए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ५७ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के