कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । कुवेतस्थित अल जजिरा कम्पनीमा कार्यरत डडेलधुराका डम्मरबहादुर साउदको सोमबार हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

त्यहाँको फर्वानिया अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको कुवेत सरोकार समाजले जनाएको छ । उनको मृत्यु भएको बारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी प्राप्त भएको तर, अस्पतालको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

कम्पनी र परिवारसँग समन्वय गरी कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव चाडै स्वदेश पठाइने दूतावासले जनाएको छ । उनी विगत १० वर्षदेखि कुवेतमा कार्यरत थिए । मृतकको घरमा श्रीमती छोरा र छोरी रहेको बताइएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०५ बजे

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४