मलेसियामा अबैध बसेकाले स्वदेश फर्कन के गर्ने ? कति खर्च लाग्छ ? यस्तो छ प्रक्रिया « Khabarhub

मलेसियामा अबैध बसेकाले स्वदेश फर्कन के गर्ने ? कति खर्च लाग्छ ? यस्तो छ प्रक्रिया



क्वालालम्पुर– मलेसिया अवैधानिक रुपले बसेका नेपाली कामदारहरुलाई स्वदेश फ्रितिका लागि त्यहाँको सरकारले आममाफी दिएको छ ।

जस अन्तर्गत दुई वटा कार्यक्रमको घोषणा गरेको छ । अवैधानिक नेपाली कामदारले कि त निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै वैधानिक भइ काम गर्न सक्नेछन् ।

अर्को चाहिँ सहुलियत दरको जरिबाना तिरेर आफ्नो देश फर्कन सक्नेछन् । घर फर्कन चाहने श्रमिकले पाँच सय रिंगिट तिरेर स्वदेश फर्कन सक्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

यस्तो छ घर फर्कने प्रक्रिया

No description available.

दूतावासले उपलब्ध लिंकमा गएर पहिला अनलाइन ‘अपोइन्टमेन्ट’ लिनुपर्छ । आफूसँग यात्रा अनुमतिपत्र या पासपोर्ट छ भने सिधै यो अपोइन्टमेन्ट लिन सकिने दूतावासले जनाएको छ ।

नभएको खण्डमा दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ । यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगिट दस्तुर तिर्नुपर्छ ।

त्यसपछि अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसियन सरकारले तोकेको पाँच सय रिंगिट जरिबाना शुल्क तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिने जनाएको छ ।

नेपाल फर्कनका लागि साथमा चेकआउट मेमो, हवाई टिकट र ७२ घण्टा भित्रको कोभिड पीसीआर नेगेटिभ रहेको रिपोर्ट अनिवार्य रहेको दूतावासले जनाएको छ ।

कोरोना जाँच गरेको रिपोर्ट र १४ दिनभित्र स्वदेश फर्कने गरी घर फर्कनका लागि काटेको टिकटको प्रतिलिपि पनि आवश्यक पर्छ । जरिबाना बैंक कार्डमार्फत पनि तिर्न पर्नेछ ।

यसबारेमा थप बुझ्न परेमा मलेसियामा रहेको नेपाली दूतावासको श्रम शाखामा ०३२०२०१८९८, ०३२०२०१८९९ वा ०३२०२०१९०१ मा सम्पर्क गर्न सकिने छ भने दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ४२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा