झापाको ऐतिहासिक एवम् धार्मिक स्थल किचक बध (तस्बिरहरू) « Khabarhub

झापाको ऐतिहासिक एवम् धार्मिक स्थल किचक बध (तस्बिरहरू)


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा जिल्ला भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, किचक बध ।

 महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भिमसेनले यहीँ स्थानमा किचक राक्षसको बध गरेका थिए ।

सदरमुकाम चन्द्रगढीबाट करिब १० किलोमिटर दक्षिणमा देवनीया र मेची नदीको किनारमा अवस्थित यो क्षेत्रमा थुप्रै पुरातात्त्विक वस्तुहरू रहेका छन् ।

यहाँ एउटा षट्कोणको आकारमा पोखरी निर्माण भएको छ। जसको छेउबाट देवनीया नदी बगेको छ।

किचक बध क्षेत्र करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रमा पुरातत्त्व विभागले विभिन्न चरणमा उत्खनन समेत गरेको छ। यसरी उत्खनन गर्दा विभिन्न पुरातात्त्विक संरचना तथा सामग्रीहरू समेत भेटिएको छ ।

उत्खनन गरिएका अन्य स्थानहरू पुनः सुरक्षित रूपमा छोपिए पनि दुई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ।

यस क्षेत्रमा पुरातात्त्विक उत्खनन गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो। अहिले यो क्षेत्र धार्मिक लगायत बिदा मनाउन र वनभोजका लागि आउनेहरूका लागि राम्रो गन्तव्य बनेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली