काठमाडौँ- भारतमा थप २६ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ ।
२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ३२ हजार ९०८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९४ लाख ५५ हजार ७९३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ३८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार १३० पुगेको हो ।
प्रतिक्रिया