स्थायी कमिटी बैठकअघि प्रचण्डसँग शंकर पोखरेलको भेट « Khabarhub

स्थायी कमिटी बैठकअघि प्रचण्डसँग शंकर पोखरेलको भेट


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीकानिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विवाद झन् चर्किएका बेला पोखरेल बुधबार बिहानै प्रचण्ड निवास खुमलाटार पुगेका हुन् ।

भेटमा पोखरेलले प्रचण्डलाई पार्टी असहमतिलाई बैठकअघि दुई अध्यक्ष मिलेर सुल्झाउन आग्रह गरेको बताइएको छ ।

जवाफमा प्रचण्डले आफू विवाद मिलाउन लचिलो बनिरहेका बेला ओलीले एकलौटीरूपमा अध्यादेश ल्याएर पार्टी फुटलाई बढवा दिएकाले सामूहिक रूपमा नै छलफल हुने बताएको स्रोतले जनाएको छ ।

अब स्थायी कमिटी र केन्द्रीय कमिटीबाटै यावत विषयको छिनोफानो हुने प्रचण्डले पोखरेललाई सन्देश दिएका छन् ।

पोखरेलसँगको भेटपछि प्रचण्डले आफूनिकट केही नेताहरूलाई पनि खुमलटार बोलाएर भेटेको जनाइएको छ ।

 

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ४५ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति