प्रधानमन्त्री ओलीसहित नेकपा स्थायी कमिटी बैठक शुरु « Khabarhub

प्रधानमन्त्री ओलीसहित नेकपा स्थायी कमिटी बैठक शुरु


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शुरु भएको छ ।

केही समयअघिसम्म एजेण्डामा सहमति नजुटेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड र ओलीको भेटपछि अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक शुरु भएको हो ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन ।

ओली र प्रचण्डबीच छलफल सकिएपछि ओलीसमेत सहभागी भएर बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि एकपक्षीय रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन् चुलिएको थियो । त्यसपछि ओली र दाहालबीच भेटवार्ता भएको थियो ।

यता ओलीले हिजो जारी गरेको अध्यादेश फिर्ता लिन सहमति जनाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ३५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको