थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो « Khabarhub

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा  थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार १४ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन ७ सय ३६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १८ लाख ४९ हजार १ सय ३६ पुगेको छ। हाल ४ सय ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ३२ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन