नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर- यूएनडीपी « Khabarhub

नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर- यूएनडीपी


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर पुगेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले जनाएको छ ।

यूएनडीपीले बुधबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ३७२ डलर (सन् २०१७ को पीपीपी मूल्यमा) बाट बढेर ३ हजार ४५७ डलर पुगेको उल्लेख छ।

यस्तै नेपालको मानव सूचाकांक मा पनि प्रगती भएको छ । औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा आधारित सूचकांकहरूको प्रयोगबाट निकालिने मानव विकास सूचकांकले मानिसको जीवनको गुणस्तरलाई देखाउँछ।

सन् २०१९ मा नेपालको मानव विकास सूचकांक ०.६०२ पुगेको छ । सन् २०१८ मा यो सूचकांक ०.५७९ थियो ।

संसारका मानव विकासका आधारमा १८९ देशमध्ये नेपालको स्थान १४२औं स्थानमा छ । नेपाल गत वर्ष १४७औं स्थानमा थियो ।

संसारमा सबैभन्दा धेरै मानव विकास भएको देशको पहिलो स्थानमा नर्वे छ। यसको मानव विकास सूचकांक ०.९५७ छ।

बितेका तीन दशकमा नेपालले मानव विकासमा उल्लेख्य सुधार गरेको देखिएको छ। सन् १९९० मा नेपालको मानव विकास सूचकांक ०.३८७ थियो। अहिले यो ५५.६ प्रतिशत बढेर ०.६०२ पुगेको हो।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ४२ बजे

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा– बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर