भदौ २६ को समझदारी अनुसार अघि बढ्न ओली-प्रचण्ड सहमत « Khabarhub

भदौ २६ को समझदारी अनुसार अघि बढ्न ओली-प्रचण्ड सहमत


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपामा एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भदौ २६ को समझदारीअनुसार अघि बढ्न सहमत भएका छन् ।

स्थायी कमिटी बैठकअघि बुधबार दोस्रो पटक महासचिव विष्णु पौडेलसहित भएको छलफलमा ओली-दाहाल भदौ २६ को समझदारीअनुसार अघि बढ्न सहमत भएको दाबी गरिएको छ । प्रचण्ड निकट नेताहरूले भने यसबारे जानकारी भइनसकेको बताएका छन् ।

मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि चरमोत्कर्षमा पुगेको नेकपाको विवाद र पार्टी एकता कायम राख्न दुई अध्यक्ष भदौ २६ को समझदारीमा फर्किएको दाबी गरिएको छ ।

अब भदौ २६ यता भएका सबैप्रकार विवाद र दस्तावेजकै रूपमा आएका आरोपप्रत्यारोप खारेज गर्दै अघि बढ्न ओली-दाहालले समझदारी गरेका छन् ।

भदौ २६ को स्थायी कमिटी बैठकले सरकार  र पार्टी सञ्चालन दुई अध्यक्षको सल्लाहका आधारमा हुने तथा महत्वपूर्ण संवैधानिक तथा राजनीतिक नियुक्ति पनि सहमतिको आधारमा गर्ने निर्णय गरेको थियो ।

पछिल्लो सहमतिसँगै सरकारले यसबीचमा गरेका नियुक्ति पनि खारेज हुन सक्ने बताइएको छ । अबको बैठकमा दुई अध्यक्षले सहमतिमा एजेण्डा तय गर्ने तथा संयुक्त प्रस्तावलाई अघि बढाउने पनि ओली निकट स्रोतको दाबी छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ०४ बजे

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

ललितपुर – ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल र्‍याली

लुम्बिनी– विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल र्‍याली

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल