काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा ६ हजार ९४ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।
हाल सक्रिय संक्रमित रहेका ९ हजार ७५७ मध्ये ६ हजार ९४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो । बाँकी ३ हजार ६ सय ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशमा ३ हजार २५५ जना संक्रमित होम आइसोलेसनमा छन् भने प्रदेश १ मा ३ सय १३ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
यसैगरी प्रदेश २४४, गण्डकी प्रदेशमा ९६८, लुम्बिनी प्रदेशमा ७९८, कर्णालीमा १०७ र सुदूरपश्चिममा ६०९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी मन्त्रालयले काठमाडौँ, ललितपुर र कास्कीमा गरी तीन जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।
यस्तो छ मन्त्रालयको तथ्यांक
प्रतिक्रिया