दम रोगीले जाडोमा के खाने ? « Khabarhub

दम रोगीले जाडोमा के खाने ?


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुसको जाडो लागेसँगै दमका रोगीलाई निकै समस्या हुने गर्दछ । स्वासप्रश्वास सम्बन्धी रोग भएकाले चिसोमा दम रोगीलाई श्वास फेर्नमा कठिनाई हुने गर्छ ।

दमको समस्या भएकाहरु बिभिन्न औषधीको सहारा लिने गर्दछन् । तर यसको राम्रो परिणाम नहुन पनि सक्छ । तसर्थ आफ्नो खानपानलाई सुधारेमा मात्र दमको समस्यामा लाभ मिल्ने गर्दछ । त्यसो भए कस्ता खानेकुरा खाने त दम रोगीले ?

१. दम रोगीले एन्टिअक्सिडेन्ट र भिटा क्यारोटिनको राम्रो स्रोत मानिने ताजा फलको सेवन गर्नु पर्दछ । किवी र सुन्तला लगायतमा अत्यधिक मात्रामा भिटामिन सी र इ पाइन्छ । यस प्रकारका फलले फोक्सो सुन्निने तथा पोल्ने पनि कम हुन्छ ।

२. दमका रोगीहरुकालागि ताजा र हरियो पत्तेदार सागसब्जी समेत लाभदायक हुन्छ । यसमा हुने भिटामिन्स र फ्लेवोनाइड्सले शरीरमा मुक्त कणहरुलाई नष्ट गरिदिन्छ । यी मुक्त कण शरीरमा पाइने टक्सिस हुन्छन् जसले दमलाई अझै बढाउन सक्छ ।

३. दमका बिरामीलाई ड्राइ फुड्स उपायोगी हुन्छ । यसमा हुने म्याग्नेसियम र भिटामिनले फाइदा पुर्याउँछ । म्याग्नेसियमले दममा हुने घ्यारघ्यार कम गर्दछ भने भिटामिन ईले इम्युनिटी बढाउँछ ।

४. दमका निम्ति क्यालोरी र फ्याट कम भएको दालहरु लाभदायक हुन्छ । दालमा उच्च परिमाणमा फाइबर पाइन्छ जसले शरीरमा लिपिड्स र कोलस्ट्रोललाई कम गर्दछ । यसले श्वासप्रश्वासमा एलर्जी पैदा गर्ने बाहिरी कणहरुलाई रोक्छ ।

५. सर्दिनेस, साल्मोन र टुना जस्ता माछामा तथा विरुवाहरुमा पाइने केही पदार्थ जस्तै जैतुन र आलसको बिजमा ओमेगा ३ फ्याटी एसिड रहेको हुन्छ । यसलाई आफ्नो खानामा समावेश गरे दम रोगमा लाभ मिल्दछ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ४३ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको