नदी नियन्त्रण आयोजना प्रमुख श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

नदी नियन्त्रण आयोजना प्रमुख श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ग्याबिन तारमा प्रयोग गरिएको तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी बिल र कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिश गरेको पाइएको छ ।

निर्माण व्यवसायी थोढुङ्ग अजम्बर शिवराम जेभी नयाँ बानेश्वर काठमाडौँमा भएको गुणस्तरहीन कागजात तयार पारी रु ९६ लाख ६४ हजार २९६ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

ग्याबिन तारलाई गुणस्तरयुक्त भनी बिलमा दस्तखत गरी भुक्तानी लिने निर्माण व्यवसायी थोदुङग, अजम्बर, शिवराम जेभीका निर्देशक डबाङ क्षोदेन शेर्पा, जेभीका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी, अर्का सञ्चालक शिवजी श्रेष्ठविरुद्ध पनि समान बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ३२ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार