क्रिसमस मनाउँदा मास्क अनिवार्य लगाउन डब्लुएचओको आह्वान « Khabarhub

क्रिसमस मनाउँदा मास्क अनिवार्य लगाउन डब्लुएचओको आह्वान


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ ।

क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई मास्क लगाउन आह्वान गरेको हो । संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरिएको छ ।

विगतमा खुल्लारुपमा क्रिसमस मनाउन पाइएको भएपनि यस वर्षको क्रिसमस भने मास्क पहिरेर मनाउन संगठनले विशेष जोड गरेको छ । क्रिसमस मनाउने क्रममा हेलचक्रयाइँ गरियो भने युरोपभरी नै कोरोनाभाइरसको महामारी फेरी अझ बढ्ने खतरा भएको तर्फ चिन्ता व्यक्त गरिएको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्यसम्वन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुनसक्ने उल्लेख गरेको छ ।

उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनु पर्ने र सँगसगै काम गर्नुपर्ने तर्फ पनि संगठनले सवैको ध्यानाकर्षण गराएको छ । “हामीले महामारी थप नफैलिँदै ख्याल गरियो र उच्च सावधानी अपनाइयो भने त्यसलाई व्यवस्थापन गर्न सकिन्छ, नत्र ठूलो क्षति हुने र व्यवस्थापन गर्न गाह्रो हुने खतरा हुन्छ”, संगठनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

हरेक व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ ।

बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने भएकाले संवेदनशील हुन पनि विश्व स्वास्थ्य संगठनले सवैलाई अनुरोध गरेको छ । सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै बास्यस्थानमै मनाउन र बाहिर जानै परेमा मास्को पूर्ण प्रयोग गर्न संगठनले पटकपटक अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : २७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको