नाका खुलाउन माग गर्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन « Khabarhub

नाका खुलाउन माग गर्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ ।

प्रदर्शनको छैठौँ दिन आज नाकामा सयौँको उपस्थितिमा धर्ना र र्‍यालीको कार्यक्रम गरिएको थियो ।

स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण र्‍याली र धर्ना जस्ता कार्यक्रम गर्दै आएका छन् ।

आज भएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले बताए । प्रहरीले काँकडभिट्टाको सडकमा भएको धर्नालाई बल प्रयोग गरी हटाएको थियो ।

आन्दोलनको अगुवाई होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाले गरेका छन् । जसमा स्थानीयवासीकोसमेत सहभागिता रहेको छ । कोभिड– १९ का कारण १० महिना अघिदेखि नाका बन्द हुँदा मेचीनगरको होटल लगायत समग्र व्यवसाय धरासायी भएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए ।

उनले सरकारले सबै क्षेत्र खुला गरिसकेका अवस्थामा नाका बन्द गर्नु उचित नभएको बताउनुभयो । “यो नाका अन्तरराष्ट्रिय नाका हो”, उनले भने, “भारतलगायत भूटान, बङ्गलादेशसँग प्रत्यक्ष व्यापार हुँदै आएको नाका खुला नगर्दा हजारौाको रोजीरोटी खोसिएर भोकै बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।”

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : १७ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी