प्रधानमन्त्री ओलीले गरे बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव « Khabarhub

प्रधानमन्त्री ओलीले गरे बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन्।

बुधबारको स्थायी  कमिटी बैैठकमा ओलीले उपाध्यक्ष गौतमलाई  प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको एक नेताले बताए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टीको पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब पालो गौतमकै भएको बताएका थिए।

ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन निर्वाचनबाट ल्याउने कि अघि नै अन्तबाट ल्याउने विषयमा छलफल गर्ने समेत बताएका थिए ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अबको प्रधानमन्त्री कमरेड वामदेव हुन्। त्यसका लागि के के कानुनी व्यवस्था गर्नुपर्छ तयार रहनुहोला ।’

ओलीले यसअघि गत वैशाखमा पनि आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिइरहेका गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरे‍सँगै दाहाल-नेपाल समूह सशंकित बनेका छन् ।

उनीहरुले  यो प्रस्तावलाई ओलीले आफ्नो पक्षमा बहुमत पार्ने रणनीति बुनेको निचोड निकालेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ११ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै