पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ « Khabarhub

पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– द्वन्द्व कालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

थापाको हत्यामा सलंग्न ठहर भएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा २०७१ मंसिर २१ गते जिल्ला अदालत दैलेखले  २ वर्ष कैद भुक्तानका लागि फैसला गरेको थियो ।

तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पहल गर्न नौमुलेको द्वारी पुगेका थापालाई माओवादीले अपहरण गरी हत्या गरेको थियो ।

उनको शव २०६५ साउन २७ गते द्वारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ५८ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार