तीनकुनेको झाडीमा अलपत्र भेटिएकी आमाको मृत्यु, यसरी छाडेर जाने को होलान् ? « Khabarhub

तीनकुनेको झाडीमा अलपत्र भेटिएकी आमाको मृत्यु, यसरी छाडेर जाने को होलान् ?


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटी आमालाई काठमाडौंको तीनकुनेमा अलपत्र अवस्थामा फालेर हिड्ने सन्तानको खोजीका लागि मानवसेवा आश्रमले सामाजिक सञ्जालमा ती आमाको तस्वीरहरु सार्वजनिक गरेको छ ।

मानव सेवा आश्रमले बिरामी अवस्थामा फेला परेकी ती आमाको तीनकुनेबाट उद्धार गरेपनि उनको मृत्यु भएको छ ।

मुना मानवसेवा नामको फेसबुकमार्फत उनका छोराछोरीलाई चिन्नेहरुका बारेमा खबर गरिदिनु भन्दै तस्वीर सार्वजनिक गरिएको छ ।

 

फेसबुकमा यस्तो लेखिएको छ 

यस्तो छ हाम्रो समाज – जन्मदिने आमालाई यसरी फ्यालिदिने महा मानव ति छोरा अनि सन्तानको अनुहार हेर्न मन छ ।😌

मेरो मृत्युबाट तिमी खुशी हुन्छौ भने तिम्रो लागि हाँसीहाँसी मृत्यु वरण गर्न तयार छु छोरा !

तिम्रै सफल र असल जीवनकै लागि त नौ नौ महिना सम्म कत्ति पनि अफ्ठेरो नमानी पेटमा बोकेर हिँडे, प्रसव पीडा सहेर यो धर्ति देखाएँ अनि तिमीलाई समाजमा लायक बनाएँ ।

तिम्रो लागि म लायक बन्न सकिन होला छोरा त्यसैले त चिन्दै नचिनेका मानिसको काखमा अन्तिम श्वास फेर्ने अवस्था आयो ! सायद तिम्रो काखमा जीवनका अन्तिम पलहरु बिताउन मैले भाग्यमा ल्याएको थिइन होला छोरा !
सधै खुशी रहनु छोरा ! मेरो शुभ-आशिर्वाद !!

(काठमाण्डौ तिनकुनेको झाडीबाट हिजो राति उद्धार गरिएकी आमालाई बचाउन सकिएन)

यस्ती आमालाई झाडीमा ल्याएर फ्याल्ने उनको परिवारलाई खोज्न यो पोष्ट सक्दो सेयर गरिदिनुहुन अनुरोध छ ।

यो हद सम्मको “कु” गर्नेलाई सामाजिक बहिस्कार गरौं । आमाको घरपरिवारलाई कसैले चिन्नुहुन्छ भने ९८५५०७६००४ मा सम्पर्क गरी जानकारी गराउनहुन सादर अनुरोध छ ।

अपराधको पराकाष्ट, अमानवीयताको सीमा नै पार गरी यी आमालाई झाडीमा फ्यालिएछ । उद्धार गरी अस्पताल लादा लादै आमाको मृत्यु भयो । आमालाई बचाउन त सकिएन तर आमालाई झाडीमा ल्याएर छाड्ने महामानवलाई देख्ने ईच्छा भयो ।

आमाको स्वार्गमा बाँस होस् ,स्वार्गिय आत्माप्रती भावपुर्ण श्रद्धाञ्जली ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : ०५ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय