‘मिसेज ब्युटी क्वीन’ बनिन् शाही « Khabarhub

‘मिसेज ब्युटी क्वीन’ बनिन् शाही


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडयायैं– सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् ।

‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् ।

यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल बन्न सफल भएका छन् । उनीहरु दुवै जनाले बाली भ्रमणको टिकट सहति विभिन्न उपहार प्राप्त गरेका छन् ।

‘थर्ड रनर अप’मा रञ्जना निरौला, र ‘फोर्थ रनर अप’मा देवकला पुनः छनोट भए । यस्तै ‘टाइटल अवार्ड’ देवकला पुन, सिर्जना गौतम, सिर्जना पनेरु, सरिता कर्ण वियारी, अमिता अमात्य, दिपा ढुङ्गाना, सुहाना अर्याल, सन्तोषी शाही, उर्मिला खत्री, समीसा गिरी, सिताअर्चना पौडेल, सुम्निमा चौधरी, देवकला पुन, सविता शर्मा, रञ्जना निरौला, रस्मिला शाही, सविता शर्मा र रिता कार्की हात पारे ।

सिजन मिडियाले विगत तीन वर्षदेखि निरन्तररुपमा मिसेज ब्युटी क्वीन सञ्चालन गर्दै आएको छ । प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

“घर परिवार र समाजमा शिक्षित, सबल र जिम्मेवार व्यक्तिको रुपमा रुपान्तरण गर्न सहयोग पुगोस् भन्ने हेतुले विवाहित महिलालाई ध्यानमा राखेर प्रतियोगितात्मक कार्यक्रम गर्दै आएका छौँ”, उनले भने ।

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर रोजीन शाक्यले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएकी थिइन् ।

“प्रतियोगीहरुको तालिम अवधिको कार्य क्षमताको बारेमा मूल्याङ्न गरी १०० पूर्णाङकको लब्धाङ्कपत्र एक दिन अगावै नै उपलब्ध गराएका थियौँ”, अध्यक्ष वन्तले भने, “उक्त आन्तरिक मूल्याङ्कनको प्राप्त अङ्क र यस कार्यक्रममार्फत निर्णायक मण्डलले दिएको प्राप्त अङ्क जोडेर विजेता चयन गरेका हौँ ।”

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : ३४ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै