ए डिभिजन लिगः आजबाट सातौं चरणका खेल, मछिन्द्र र हिमालयन शेर्पा भिड्दै « Khabarhub

ए डिभिजन लिगः आजबाट सातौं चरणका खेल, मछिन्द्र र हिमालयन शेर्पा भिड्दै


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल शुरु हुँदैछन् ।

लिगको सातौं चरणको खेल अन्तर्गत पहिलो दिन आज मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ । लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ ।

शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ । लिगको दोस्रो दिन शनिबार दुई खेल हुनेछन ।

शनिबार हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको ६ खेलमा ९ अंक जोडेको जावलाखेल पाँचौं स्थानमा रहेको छ । ६ खेलमा ८ अंक जोडेको पुलिस लिगको सातौं स्थानमा रहेको छ ।

शनिबार नै हुने दास्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित रहेको मनाङले ६ खेलमा १२ अंक जोडेको छ । त्यस्तै थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

त्यस्तै आइतबारको पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी ८ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ भने एपीएफ ५ अंक जोडेर ११औं स्थानमा रहेको छ । आइतबारै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

फ्रेन्ड्स ५ अंक जोडेर लिगको १२औं स्थानमा रहेको छ । सरस्वती भने १ अंक जोडेर पुछारमा रहेको छ । सातौं चरणको अन्तिम दिन सोमबार दुई खेल हुनेछ ।

सातौं चरणको अन्तिम दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लब भिड्नेछन् । ब्रिगेड ७ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । ८ अंक जोडेको संकटा आठौं स्थानमा रहेको छ ।

सोही दिन हुने दोस्रो खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी १३ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । च्यासल ६ अंकसहित दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ११ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव