जब यी महिलाले शरीरमै कम्प्युटर जडान गरिन तब चल्न थाले पाटपूर्जा ! | Khabarhub Khabarhub

जब यी महिलाले शरीरमै कम्प्युटर जडान गरिन तब चल्न थाले पाटपूर्जा !


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोही मानिस दुर्घटनामा परेपछि उसको दैनिकी निकै कष्टकर बन्छ, यो स्वभाविक पनि हो । स्वस्थ्य रहँदा सबै काम गर्न सक्ने मानिस दुर्घटनामा परेपछि अरुमा निर्भर हुन बाध्य हुन्छन् ।

दुर्घटनामा शरीरको कुनै अंगले काम गर्न सकेन भने त अरुमाथि आश्रित हुनुको विकल्प हुँदैन । तर अमेरिकाकी एक महिला इन्जिनियरले भने दुर्घटनामा परेर शरीरले काम गर्न नसकेपछि आफ्नो शरीरमा नै कम्प्युटर जडान गरेकी छन् । जसको सहायताले उनी आफ्ना हरेक काम आफै गर्ने क्षमता राख्दछिन् ।

अमेरिकाको लिभरपुलकी ३१ बर्षिया महिला इञ्जीनियर विन्टर मेराज केही अघि कार दुर्घटनामा परीन् । दुर्घटनामा उनको ढाड, र्कुकुच्चा र घुँडाको हड्डी भाँचियो । जसले उनको शरीरलाई काम गर्न असक्षम बनायो । तर विन्टरले हार मानिनन् ।

उनले आफ्नो काम आफै गर्ने क्षमता बनाउन शरीरमा अलग–अलग प्रत्यारोपण गरी आफ्नो काम आफै गर्ने साहस बनाइन् । उनले आफ्नो शरीरमा नै माइक्रो चिप्स लगाइन् । जसको सहायतामा ति महिला आफ्नो दैनिक काम गर्दै आएकी छन् ।

कार दुर्घटनामा परी घाइते बनेकी उनको शरीरमा कम्प्युटर जडान गरेपछि त्यहीबाट ढोका खोल्ने, ईमेल पठाउने लगायतको काम गर्दछिन् । विन्टर शरीरमा प्रत्यारोपण गरेको कम्प्युटरमा कार्ड समेत हाल्न मिल्दछ ।

कार्डलाई लगाउनुसाथ चिप डाटाका सहयोगले उनलाई आवश्यक सबै जानकारी प्रदान गर्दछ । कार्यालय वा घरमा आउने ब्यक्तिसँग कुरा गर्न वा काम गर्न समेत उनी त्यही कम्प्युटरले काम गर्दछ ।

यति मात्र होइन उनले आफ्नो नाडीमा एलईडी लाइट र औलामा चुम्बक लगाएकी छिन् । त्यसैबाट उनी बति बाल्ने घर तथा कार्यालय आउजाउ गर्ने गर्दछिन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ३७ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित