जब यी महिलाले शरीरमै कम्प्युटर जडान गरिन तब चल्न थाले पाटपूर्जा ! « Khabarhub

जब यी महिलाले शरीरमै कम्प्युटर जडान गरिन तब चल्न थाले पाटपूर्जा !


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोही मानिस दुर्घटनामा परेपछि उसको दैनिकी निकै कष्टकर बन्छ, यो स्वभाविक पनि हो । स्वस्थ्य रहँदा सबै काम गर्न सक्ने मानिस दुर्घटनामा परेपछि अरुमा निर्भर हुन बाध्य हुन्छन् ।

दुर्घटनामा शरीरको कुनै अंगले काम गर्न सकेन भने त अरुमाथि आश्रित हुनुको विकल्प हुँदैन । तर अमेरिकाकी एक महिला इन्जिनियरले भने दुर्घटनामा परेर शरीरले काम गर्न नसकेपछि आफ्नो शरीरमा नै कम्प्युटर जडान गरेकी छन् । जसको सहायताले उनी आफ्ना हरेक काम आफै गर्ने क्षमता राख्दछिन् ।

अमेरिकाको लिभरपुलकी ३१ बर्षिया महिला इञ्जीनियर विन्टर मेराज केही अघि कार दुर्घटनामा परीन् । दुर्घटनामा उनको ढाड, र्कुकुच्चा र घुँडाको हड्डी भाँचियो । जसले उनको शरीरलाई काम गर्न असक्षम बनायो । तर विन्टरले हार मानिनन् ।

उनले आफ्नो काम आफै गर्ने क्षमता बनाउन शरीरमा अलग–अलग प्रत्यारोपण गरी आफ्नो काम आफै गर्ने साहस बनाइन् । उनले आफ्नो शरीरमा नै माइक्रो चिप्स लगाइन् । जसको सहायतामा ति महिला आफ्नो दैनिक काम गर्दै आएकी छन् ।

कार दुर्घटनामा परी घाइते बनेकी उनको शरीरमा कम्प्युटर जडान गरेपछि त्यहीबाट ढोका खोल्ने, ईमेल पठाउने लगायतको काम गर्दछिन् । विन्टर शरीरमा प्रत्यारोपण गरेको कम्प्युटरमा कार्ड समेत हाल्न मिल्दछ ।

कार्डलाई लगाउनुसाथ चिप डाटाका सहयोगले उनलाई आवश्यक सबै जानकारी प्रदान गर्दछ । कार्यालय वा घरमा आउने ब्यक्तिसँग कुरा गर्न वा काम गर्न समेत उनी त्यही कम्प्युटरले काम गर्दछ ।

यति मात्र होइन उनले आफ्नो नाडीमा एलईडी लाइट र औलामा चुम्बक लगाएकी छिन् । त्यसैबाट उनी बति बाल्ने घर तथा कार्यालय आउजाउ गर्ने गर्दछिन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ३७ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा