चियाको असर रक्सी पिउनु जस्तै ! « Khabarhub

चियाको असर रक्सी पिउनु जस्तै !


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं तथा देशका विभिन्न क्षेत्रमा यतिबेला वर्षा भइरहेको छ । एक त जाडो मौसम त्यसमाथि पानी परेको छ । जसले गर्दा बाहिरको मौसम निकै चिसो छ । चिसोको समयमा मानिसहरु घरबाहिर निस्कन असहज मान्छन् ।

चिसोको समयमा सबैलाई चिया प्यारो लाग्छ । प्राय चियाको लतमा रहेकाहरुलाई समय–समयमा चिया खान मन लाग्छ । अझै पानी परेको वा जाडोको समयमा झनै धेरै पटक चिया खाइन्छ । चिया खादा तातो महसुस पहुन्छ ।

चिया नेपालीहरुको सभ्याता समेत बनेको छ । गाउँघरमा होस् वा शहरबजारमा घरमा पाहुना पुग्ने वित्तिकै चिया पकाएर खुवाउने चलन रहेको छ । यस्तै साथीहरु भेटघाटको क्रममा पनि सबैभन्दा पहिला चिया नै खाने गरिन्छ । त्यसैले पनि नेपाली समाजमा चिया अनिवार्य जस्तै छ ।

तर, तपाईलाई थाहा छ ? चियाले पारिवारीक, सामाजिक र साथीभाइबीचको सम्बन्धमा निकटता ल्याएपनि स्वास्थ्यका लागि भने निकै हानिकारक छ । वैज्ञानिक अनुसन्धानले चियामा तिन प्रकारको शरीरलाई असर पर्ने तत्व हुने बताएका छन् ।

चियामा पाइने ती तत्व स्वास्थ्यका लागि हानिकारक

थिन
चिया पिउँदा हामीलाई आनन्दको अनुभुती भएजस्तो लाग्छ । तर त्यो आनन्द होइन थिन नामक तत्वको प्रभाव हो । थिनको प्रभावले हाम्रो शरीरको ज्ञान तन्तुहरुको संगठनमा विषालु प्रभाव पार्छ ।

टेनिन
चियामा पाइने टेनिन भन्ने तत्वले शरीरमा कब्जीयत गराउँछ । यसले पाचन प्रणालीलाई पनि कमजोर बनाउछ । यसले निद्रालाई समेत प्रभाव पार्छ । टेनिनि नामक तत्वको प्रभाव रक्सीको जस्तै मिल्दोजुल्दो हुन्छ । यसको प्रभावले शुरुमा जाता भएको जस्तो अनुभव हुन्छ तर केही समयपछि यसको असरले थकान उत्पन्न हुन्छ । जसले गर्दा चिया खान मन लाग्छ ।

क्याफिन
चियामा पाइने क्याफिन एउटा खतरनाक तत्व हो । यसको असर रक्सी तथा तम्बाखुमा हुने निकोटिनको जस्तै हुन्छ । यसले शरीरलाई निर्वल बनाई यौन दुर्वलता समेत ल्याउँछ । क्याफिनले मुटुको धड्कन बन्द गराउन समेत सक्छ ।

आजभोली मुटु र रक्तवाहिनीमा समस्या भएका बिरामीहरु बढ्दै गएका छन् । यसरी बिरामीहरु बढ्नको कारण मध्ये एउटा कारण अधिक चिया पिउनु पनि हो । चियाको नसाले मानिसलाई बाहिर फुर्तिलो देखाएपनि भित्रभित्रै असर परिरहेको हुन्छ । चियामा पाइने क्याफिनले पिशावको मात्रामा ३ गुणा बढाउँछ । क्याफिनले शरीरभित्र रहेका दुषित मललाई मुत्रद्धारा निकाल्न दिदैन । जसले गर्दा दुषित मलहरु शरीरभित्र नै रहन्छ ।

त्यसको असरले जोर्नी दुख्ने, मिर्गौलामा खराबी आउने, मुटु सम्बन्धी रोग लाग्ने सम्भावन हुन्छ । चियामा हुने टेनिनको कारण पेटमा समस्या आउन सक्छ । जस्तै पेट फुल्ने, कब्जियत हुने, पेट दुख्ने समस्या आउँछ ।

चिया अत्याधिक पीउदा दाँत र आँखा सम्बन्धि रोगको पनि जोखिम हुन्छ । योगगुरु स्वामी रामदेवका अनुसार एक पटक चिया पीउदा हाम्रो कलेजोका कोमल गन्थीकाे लगभग ५० कोषहरु निष्क्रीय हुन्छ । यस्तै चिया पिउनु रक्ती पिउनु जस्तै खतरनाक हो ।

चियाको विकल्प के ?
तपाईलाई चिया खाने बानी परिसकेको भने एकैपटक चिया खानै छाड्न गाह्रो हुन्छ । त्यसैले चिया दिनका थोरै मात्रामा पिउने गरौं । साथै चियाको सट्टामा कागती पानी पिउन् बानी गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : ४२ बजे

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित