लोप हुँदै गाइनेको सारङ्गी « Khabarhub

लोप हुँदै गाइनेको सारङ्गी


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कता गयौँ गीत गाउने गाइने दाइ
दुःख पीर विरहमा चाहिने दाइ

कुनै बेला दुःखपीडाका गीत गाउँदै हिँड्ने गाइने दाइ हिजोआज जहाँतहीँ भेटिँदैनन् ।

पछिल्लो समय सारङ्गी बजाउने पेशा लोप हुँदै जान थालेको छ । युवाले सारङ्गी बजाउने पेशा नअपनाउँदा सारङ्गी बजाउने पेशा लोप हुन थालेको हो । एक समय थियो । न रेडियोको पहुँच थियो, न त टेलिभिजन नै । त्यतिबेला कतै घटना, दुर्घटना भए त्यसलाई बयान गरेर गाइने दाइले गीत गाउँथे । विभिन्न गाउँमा पुगेर देश विदेशमा भएका घटना दुर्घटनाका खबर दिन्थे । लाहुरे दाइले बेहोरेका दुःख कष्टलाई गाथा बनाएर सुनाउँथे ।

बाटो हिँड्दै गरेको गन्धर्वलाई घर–घरमा बोलाएर गीत गाउन लगाइन्थ्यो । मन खोलेर गन्धर्वलाई दान, दक्षिणा र सिदा दिइन्थ्यो । तर, अहिले न गन्धर्व सारङ्गी गाउँधरमा भिरेर गाउँ–गाउँमा पुग्छन्न् त न युद्धगाथा, कर्खा र घटनाबारे वर्णन गर्छन् । कुनै जमना गन्धर्व जातिका व्यक्तिलाई गाइने दाइ भनेर चिनिन्थ्यो । अहिले समय फेरिएको छ । उनीहरु आफैंलाई गाइने भन्न मन पराउँदैनन् । अर्कोतर्फ घर–घरमा गएर गीत सुनाउने गाइनेलाई सम्मान होइन्, हेय गरिन्छ । उनीहरुलाई सम्मान दिइँदैन । म लाग्ने जस्तो व्यवहार गरिन्छ । पहिलेका बुढापाखाले केही रुपमा राम्रो व्यवहार गर्ने भए पनि नयाँ पुस्ताले आफूहरुलाई हेय गर्ने गरेको लामो समयदेखि सारङ्गी बजाउँदै आएका धर्मलाल गन्धर्वले बताए ।

सारङ्गी बजाउनेलाई समाजले पनि हियाउने भएकाले सारङ्गी बजाउनेको सङ्ख्या घट्दै गएको उनले बताए । “पहिले पहिले सारङ्गी बजाउनेलाई सम्मान हुन्थ्यो”, उनले भने, “तर अहिले हियाउँछन्, त्यसैले पनि घर–घरमा गएर सारङ्गी बजाउने पेशा लोप हुँदै गएको छ ।” त्यस्तै पहिले आफ्नो परिश्रमअनुसार दक्षिणा दिने गर्ने भए पनि अहिले त्यो संस्कारको अन्त्य भएको उनले बताए ।

तुलसीपुर–४ रक्षाचौरका अजय गन्धर्व १७ वर्षको भए । उनले जन्मेदेखि नै सारङ्गी कहिल्यै बजाउनु भएन । त्यस्तै सोही ठाउँका ३४ वर्षीय फोजबहादुर गन्धर्वले पनि कहिल्यै सारङ्गी बजाएनन् । कारण हो, सारङ्गी बजाउने वित्तिकै समाजले हेर्ने दृष्टिकोण । सारङ्गी बजाउनेलाई समाजमा गाइने भनेर हेप्ने प्रवृत्ति भएकाले आफूले सारङ्गी बजाउने पेशा नगरेको बताए ।

गन्धर्व समुदायका युवानै सारङ्गी बजाउने पेशाप्रति आकर्षित नहुँदा पेशा नै लोप हुने अवस्थामा छ । गन्धर्व समुदायको परम्परागत पेशा नै सङ्कटमा पर्न थालेको छ । नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोेकेको सारङ्गी बाजालाई संरक्षण गर्न आवश्यक रहेको भए पनि राज्यले पनि संरक्षणमा ध्यान नदिएको गन्धर्व समुदायका अगुवा सुनिल गन्धर्वले बताए ।

अहिले तुलसीपुरको गणेशपुरमा २५० घर गन्धर्व समुदायको बसोवास छ । तर, चार/पाँच जनाले मात्रै अहिले सारङ्गी बजाउँछन्, त्यो पनि कहिलेकाहीँ । गन्धर्व जातिको सारङ्गी बजाउने पेशा संरक्षण गर्न राज्यले उचित कार्यक्रम ल्याउनुपर्ने गन्धर्व अगुवा सुनिलले बताए । सारङ्गीको संरक्षणका लागि सारङ्गी सङ्ग्रहालय निर्माण गर्नुपर्ने बताए । दाङमा करीब ९०० गन्धर्व समुदायको बसोवास छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : १८ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका