युएई बस दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये तीन जना नेपाली | Khabarhub Khabarhub

युएई बस दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये तीन जना नेपाली


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीवार युएईको अबुधावीमा भएको मिनिबस दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये तीन जना नेपाली रहेको पुष्टि भएको छ । दुर्घटनामा ज्यान गुमाउने तीन जना नेपाली महिला रहेका छन् ।

मृत्यु हुनेहरुमा बाराको निजगढ नपा वडा नं.३ की अमिसा मोक्तान, प्यूठानकी भावना कुँवर र झापाकी कृष्ण कुमारी अधिकारी रहेका छन् ।

दुर्घटनामा परेर पाँच महिलासहित एक पुरुषको मृत्यु भएको आवुदावी प्रहरीले जनाएको छ ।  श्रीलंकाकी एक महिला र पाकिस्तानी गाडी चालक पुरुषको पनि दुर्घटनामा मृत्यु भएको छ । विहिवार विहानै भएको सो दुर्घटनामा परेर घाइते भएका अन्य पनि नेपाली रहेका छन् । हाल युएईका विभिन्न अस्पतालहरुमा गरी १४ जना नेपालीको उपचार भइरहेको छ ।

प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनामा परेको बसमा १८ जना नेपाली सवार रहेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : २६ बजे

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता