युएई बस दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये तीन जना नेपाली « Khabarhub

युएई बस दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये तीन जना नेपाली


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीवार युएईको अबुधावीमा भएको मिनिबस दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये तीन जना नेपाली रहेको पुष्टि भएको छ । दुर्घटनामा ज्यान गुमाउने तीन जना नेपाली महिला रहेका छन् ।

मृत्यु हुनेहरुमा बाराको निजगढ नपा वडा नं.३ की अमिसा मोक्तान, प्यूठानकी भावना कुँवर र झापाकी कृष्ण कुमारी अधिकारी रहेका छन् ।

दुर्घटनामा परेर पाँच महिलासहित एक पुरुषको मृत्यु भएको आवुदावी प्रहरीले जनाएको छ ।  श्रीलंकाकी एक महिला र पाकिस्तानी गाडी चालक पुरुषको पनि दुर्घटनामा मृत्यु भएको छ । विहिवार विहानै भएको सो दुर्घटनामा परेर घाइते भएका अन्य पनि नेपाली रहेका छन् । हाल युएईका विभिन्न अस्पतालहरुमा गरी १४ जना नेपालीको उपचार भइरहेको छ ।

प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनामा परेको बसमा १८ जना नेपाली सवार रहेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : २६ बजे

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित