मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ « Khabarhub

मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– २ नम्बर प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका काममा उपभोक्ता समितिलाई भुक्तानी नदिएको विरोधमा आयोजित सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

उपभोक्ता संघर्ष समितिका सदस्यहरुले प्रदेश नम्बर २ का मुख्यमन्त्री र मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गर्न थालेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरुले मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयवावु यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको तस्वीर अंकित ब्यानरमा जुत्ता प्रहार गर्न थालेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपभोक्ता संघर्ष समितिका रोशन सिंह राणा, विमलेश चौधरी, शंकर साह र रोशन ठाकुर छन् । पक्राउ परेका चारै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

२ नम्बर प्रदेश सरकारले गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसद कोषबाट उपभोक्ता समितिमार्फत ८ सय ४२ योजनाका सञ्चालन गरेको थियो । योजनाअन्तर्गत काम सम्पन्न भइसके पनि प्रदेश सरकारले ७८ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरु विरोधमा उत्रिएका हुन् ।

उपभोक्ता समितिका पदाधिकारीहरुले यसअघि प्रदेशसभा भवन घेराउका साथै भौतिक पूर्वाधार मन्त्रालयमा तालाबन्दी समेत गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : ३८ बजे

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को नेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवाद, उच्च अदालत जनकपुरले थाल्यो नयाँ अभ्यास

काठमाडौं– उच्च अदालत जनकपुर इजलासले सरकारी बाटो व्यक्तिले आफ्नो नाममा

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको