गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको उजुरी « Khabarhub

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको उजुरी


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहार गरेको उजुरी परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् ।

विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले उजुरी दिएकी हुन् ।

उजुरीमा उनले आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानूनानुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले आफूमाथि दुव्र्यहार गरेको प्रहरी जवान राउतको भनाइ छ ।

गायिका राउतले भने विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत ‘आपत्तिजनक शब्द’मा असन्तुष्टि पोखेकी थिइन् ।

खबरहबसँगको कुराकानीका क्रममा गायिका राउतले भने विमानस्थलमा कार्यरत महिला प्रहरी जवानले आफूलाई अपशब्द प्रयोग गरेर न्याँकेको बताएकी थिइन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले गायिका राउतविरुद्ध परेको उजुरीका सन्दर्भमा अनुसन्धान शुरु भएको जनाएको छ ।

प्रारम्भिक चरणमा विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्ने र विमानस्थलमा कार्यरत अन्य सुरक्षाकर्मीको पनि बयान लिने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ३ : २८ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने