संसदबाट एमसीसी पारित गर्न दबाब दिने कांग्रेस संसदीय दलको निर्णय « Khabarhub

संसदबाट एमसीसी पारित गर्न दबाब दिने कांग्रेस संसदीय दलको निर्णय


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब दिने लगायतका निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार एमसीसी पारित गर्नका लागि संसदमा दबाब दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरेको छ । सभामुख चयनको प्रक्रिया शुरु भएपछि कांग्रेसले सत्तारुढ दलसँग समेत सभामुखका बारेमा छलफल गर्ने निर्णय गरेको बताए ।

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसका महिला सांसदहरुलाई जथाभावी रुपमा बोल्दै नहिँड्न सचेत समेत गराउने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ३ : ५५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको