रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई जना नेपालीको मृत्यु | Khabarhub Khabarhub

रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई जना नेपालीको मृत्यु


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।

दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको सँगै कार्यरत नेपालीले बताए ।

अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए । ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले दुवै शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : ०६ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ