रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई जना नेपालीको मृत्यु « Khabarhub

रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई जना नेपालीको मृत्यु


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।

दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको सँगै कार्यरत नेपालीले बताए ।

अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए । ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले दुवै शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : ०६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल