हिमालयन शेर्पाद्वारा स्टार खेलाडीको बाहुल्यता रहेको मछिन्द्र पराजित « Khabarhub

हिमालयन शेर्पाद्वारा स्टार खेलाडीको बाहुल्यता रहेको मछिन्द्र पराजित


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको मछिन्द्र क्लब पराजित हुँदै दोस्रो स्थानमा घटुवा भएको छ । शुक्रबार भएको खेलमा मछिन्द्र क्लव हिमालयन शेर्पासँग पराजित भएको हो ।

वर्षाका कारण दशरथरंगशालाबाट एन्फा मैदान सातदोबाटोमामा सारिएको खेलमा शेर्पाले मछिन्द्रमाथि २–० गोलको जीत हात पारेको हो ।

स्टार खेलाडीको बाहुल्यता रहेको मछिन्द्रको यो पहिलो हार हो भने कमजोर नतिजासहित लिगको पुछारभन्दा एक स्थान माथि रहेको शेर्पाले मछिन्द्रमाथि जित हात पारेको हो ।

खेलको पहिलो मिनेटमै मछिन्द्रका पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले अग्रता बनाएको थियो भने २० औं मिनेटमा शेर्पाका विजय गुरुङले गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्‍याएका थिए ।

पहिलो जित हात पारेको शेर्पा ७ अंकसहित नवौं स्थानमा उक्लिएको छ भने हारसँगै मछिन्द्र दोस्रो स्थानमा झरेको छ । ७ खेलबाट १३ अंक जोडेको मछिन्द्र ६ खेलसहित १३ अंक रहेको आर्मीभन्दा पछि परेको हो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ५ : १५ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन