विश्व यात्रा गर्दै ‘भ्वाइस अफ नेपाल’ का विजेता « Khabarhub

विश्व यात्रा गर्दै ‘भ्वाइस अफ नेपाल’ का विजेता


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पुर्‍याउने हेतुले विश्वका चार देशमा सा‌ंगीतिक कार्यक्रम हुने भएको छ । द भ्वाइस अफ नेपाल सिजन २ का विजेतासहितको टोली विश्व भ्रमणमा निस्कन लागेको हो ।

बेलायत, युरोप, क्यानडा र इजरेलमा हुने म्यूजिकल टुरमा गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को सिजन–२ का अन्तिम प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका अन्तिम प्रतिस्पर्धीहरुले चार देशमा  प्रस्तुति दिनेबारे जानकारी दिइयो ।

इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले जानकारी गरायो । मार्च ६ बाट सुरु हुने विश्व यात्रामा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, अनु राना मगर र यन्की यल्मोले आफ्नो प्रस्तुति दिनेछन् ।

मार्च ३ देखि मार्च २३ तारिखसम्म बेलायतमा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का अन्तिम चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीका अनुसार मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरालमा सांगीतिक कार्यक्रम हुनेछ । त्यस्तै बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै, क्यानडामा ४ वटा र इजरेलमा १ वटा सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : ०३ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका