फागुन १ देखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने « Khabarhub

फागुन १ देखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवबारे जानकारी दिने उद्देश्यले प्रतिष्ठानद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा सहरी विकास राज्यमन्त्री तथा चलचित्रकर्मी रामवीर मानन्धरले चलचित्र क्षेत्रले राष्ट्रको पहिचानलाई बढवा दिने बताए ।

मुलुकको विकास र समृद्धिमा कलाकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा राष्ट्रिय महत्वका विषयहरुलाई प्रचारप्रसारमा ल्याउन आग्रह गर्दै उनले राष्ट्रलाई चिनाउने ढङ्गले चलचित्रमा विषयवस्तु समावेश गर्न र राष्ट्र एंव राष्ट्रियतालाई सर्वोपरी मानेर चलचित्र बनाउन सुझाव दिए ।

राज्यमन्त्री मानन्धरले भने “भारत अमेरिकालगायत देशहरुले राष्ट्रिय पहिचानलाई चलचित्रमा महत्व दिएका हुन्छन् तर तर नेपाली चलचित्रमा त्यस्तो पाउन सकिएको छैन ।”

वरिष्ठ कलाकार निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकास र प्रवर्धनका लागि विभिन्न संस्थाहरु सक्रिय रहनु सकारात्मक सङ्केत भएको उल्लेख गर्दै नेपाली चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्नका लागि सबैको सहयोग अपरिहार्य भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले १० अन्तरराष्ट्रिय, ३५ लघु, पाँच नेपाली र १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने जानकारी दिए । उनले ५५ देशबाट प्राप्त ६०० चलचित्रबाट उत्कृष्ट छनिएका मात्र प्रदर्शन गरिने जानकारी दिए ।

“विगतमा कथानक चलचित्र मात्र प्रदर्शन गरिन्थ्यो”, उनले भने, “यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको हो ।” महोत्सवमा सबै विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने पनि उनले बताए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ ।

फेस्टिभलमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछन् । यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओपाओलो, र सिङ्गापुरका फिल्ममेकर युनि हाडी सदस्य रहनेछन् ।

वृत्तचित्र, लघु चलचित्र तथा ऐनिमेटेड चलचित्रमार्फतको जुरीको नेतृत्व श्रीलङ्कन फिल्ममेकर अनोमा राजाकरुणाले गर्नुहुने छ भने उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउनेछन् ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत कथानक चलचित्रलाई रु एक लाखको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई रु ४० हजारको पुरस्कार प्रदान गरिने छ । कथानक चलचित्रमार्फतका उत्कृष्ट निर्देशक, लेखक, छयाकार अभिनेता, र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ । महोत्सवमा फिल्म प्रर्दशनसँगै विभिन्न विषयमा छलफल पनि सञ्चालन हुनेछन् । छलफलमा नायक राजेश हमालले आफ्नो अभिनय यात्राका बारेमा अनुभव समेत सुनाउनेछन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : २९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट