अन्नपूर्ण बेस क्याम्पमा हिम पहिरो, ७ जना पुरिएको आशंका « Khabarhub

अन्नपूर्ण बेस क्याम्पमा हिम पहिरो, ७ जना पुरिएको आशंका


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण बेस क्याम्पको देउराली नजिकै हिम पहिरो जाँदा ७ जना पुरिएको जानकारी आएको छ ।

हिम पहिरोमा परी ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली श्रमिक गरी ७ जना पुरिएको जानकारी आएको छ । यद्यपि ७ जना पुरिएको विषयमा पुष्टि भने हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भने अन्नपूर्ण गाउँपालिका वडानम्बर ११ अन्तर्गत पर्ने अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा गएको हिम पहिरोमा अहिलेसम्म १ जना व्यक्ति पुरिएको सूचना प्राप्त भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले हिम पहिरोमा पुरिएर १ जना व्यक्ति बेपत्ता भएको खबर आएको जानकारी दिए ।

‘पहिरो गएको कुरा सत्य हो । तर, त्यसमा कति व्यक्ति परे भन्ने विषयमा विभिन्न हल्ला आइरहेका छन्,’ खबरहबसँगको कुराकानीमा एसपी कार्कीले भने, ‘हामीलाई प्राप्त सूचनामा अहिलेसम्म पहिरोमा पुरिएर १ व्यक्ति बेपत्ता भएका भन्ने कुरा आएको छ ।’

एसपी कार्कीका अनुसार अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा पर्ने एउटा प्रहरी चौकी छ । तर, उक्त प्रहरी चौकीबाट पहिरो गएको ठाउँमा पुग्न पैदल हिँडेर २ दिन लाग्छ ।

‘मौसम खराबीका कारण हेलिकोप्टरमार्फत पनि घटनास्थल जान सकिने अवस्था छैन,’ एसपी कार्कीले भने, ‘अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा रहेको हाम्रो चौकीबाट पैदल हिँडेर २ दिनमा मात्रै घटनास्थलमा पुग्न सकिन्छ ।’

एसपी कार्कीले अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा अलपत्र परेका ५ जना पदयात्रीको भने उद्दार गरिएको जानकारी दिए । ‘५ जना व्यक्तिको उद्दार गरी अहिले हिमालय भन्ने ठाउँमा बसोबासको व्यवस्था मिलाइएको छ,’ एसपी कार्कीले भने ।

 

 

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : १४ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत