नेपालमा रेल चालक र सहचालकको योग्यता माध्यामिक तह हुनुपर्ने ! | Khabarhub Khabarhub

नेपालमा रेल चालक र सहचालकको योग्यता माध्यामिक तह हुनुपर्ने !


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ ।

रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो ।

विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । रेल चालकका लागि कम्तीमा कक्षा १२ वा सो सरहको अध्ययन गरेको हुनुपर्ने व्यवस्था रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच वर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ ।

विधेयकमा चालक र सहचालक दुवैको न्यूनतम र अधिकतम उमेरसमेत उल्लेख गरिएको छ । चालकका लागि २५ वर्ष र सहचालकका लागि २० वर्ष पुग्नुपर्ने तथा ५० वर्ष नपुगेको हुनुपर्ने विधेयकमा उल्लेख छ । कुनै पनि व्यक्तिले अनुमति नलिइ रेल चलाउन पाइँदैन । अनुमतिबिना चलाएमा छ महिनासम्म कैद र रु ५० हजारसम्म कैद हुनेछ ।

रेल चालक वा सहचालक अनुमतिपत्र अरुलाई दिँदा पनि छ महिनासम्म कैद र रु ५० हजारसम्म जरिवाना हुनेछ । उनले भने, “विधेयकमा चालक र सहचालक दुवै हुन योग्य हुनुपर्ने व्यवस्था गरिएको छ ।”

सो विधेयक अहिले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाउने तयारी भइरहेको छ । विधेयकले रेलको र यात्रुको सुरक्षाका विषयमा पनि उल्लेख गरेको महानिर्देशक मिश्रको भनाइ छ ।

रेल यात्राका क्रममा यात्रुलाई क्षति पुग्दा त्यसको क्षतिपूर्तिको व्यवस्थासमेत विधेयकमा समेटिएको छ । रेलको सुरक्षाका लागि प्रहरी एकाइको व्यवस्था गर्न सकिनेछ । उहाँले भन्नुभयो, “समग्रमा रेलको भविष्यसम्मको कल्पना विधेयकमा गरिएको छ ।”

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ३० बजे

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले