गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा गुरुङ नियुक्त « Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा गुरुङ नियुक्त


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेश सरकारले प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा गणेशमान गुरुङलाई नियुक्त गरेको छ । कुलपतिमा नियुक्त गुरुङले आइतबार पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष शपथ लिएका छन् ।

स्याङ्जा आँधीखोला गाउँपालिका–१ सिरुबारी स्थायी घर भएका कुलपति गुरुङ लामो समयदेखि प्राध्यापन क्षेत्रमा आबद्ध थिए ।  उनी विश्वविद्यालय अनुदान आयोगको पूर्वअध्यक्षसमेत हुन ।

कुलपति नियुक्तिका लागि सरकारले सार्वजनिक आवेदन माग गरेकामा ११ जनाले आवेदन दर्ता गराएका थिए ।

सरकारले सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल र प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेको कुलपति सिफारिस समिति गठन गरेको थियो ।

समितिले प्राडा गुरुङसहित प्राडा हेमराज सुवेदी र प्राडा वासुदेव काफ्लेको नाम सरकारसमक्ष सिफारिस गरेकामा गुरुङलाई कुलपतिमा नियुक्त गर्ने निर्णय भएको समितिका सदस्य एवं नीति तथा योजना आयोगका उपाध्यक्ष पौडेलले जानकारी दिए ।

प्रदेश सरकारले बजेट कार्यक्रममा नै गण्डकी विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको थियो । जीवनोपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न विश्वविद्यालय विधेयक प्रदेशसभाबाट पारित भई ऐन निर्माण गरिएको छ ।

सरकारले विश्वविद्यालय स्थापनाका लागि तनहुँको बेलचौतारमा जमीन प्रस्ताव गरी उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ३१ बजे

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी

‘प्रधानमन्त्रीले सुकुम्वासीमाथि अत्याचार गरे, राज्य आतंक मच्चाए’

भूमिअधिकारकर्मी जगत देउजा पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासीहरूमाथि

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत